News Griha :: न्यूजगृह
नेपाली सेनाका कर्नेल दिरेन्द्रकुमार मल्ल सेवाबाट बर्खास्त

काठमाडौं— सैनिक अदालतले नेपाली सेनाका महासेनानी (कर्नेल) दिरेन्द्रकुमार मल्ललाई आगामी दिन सरकारी सेवामा योग्य रहेन गरी बर्खास्त गर्ने  फैसला सुनाएको छ।

जन्म मिति विवादमा समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गर्ने तर भविष्यमा सेना बाहेक अन्य कुनै सरकारी नियुक्तिमा जान पाउने बाटो भने खुल्लै राखेर फैसला सुनाएको हो। 

नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरवकुमार केसीले भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी मल्ललाई मङ्गलबारदेखि सेवाबाट अलग गर्ने फैसला सुनाएको बताए ।

मल्लका शैक्षिक प्रमाणपत्र र नागरिकतामा अलगअलग जन्म मिति भेटिएपछि विवादमा परेका थिए । उक्त उजुरी सेनाको अदालतमा परेपछि ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरिएको थियो।  

प्रारम्भिक छानबिनका क्रममा कैफियत भेटिएपछि न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घस्थित नेपाली नियोगका सैनिक सहचारीको रूपमा कार्यरत मल्ललाई नेपाल झिकाइएको थियो । 

अनुसन्धान अगाडि बढेसँगै मल्ल सैनिक प्रहरीको नियन्त्रणमा थिए ।

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  २०:४९
Weather Update