News Griha :: न्यूजगृह
पशुपतिनाथ मन्दिरको भेटी चोरी प्रकरणमा आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस

काठमाडौं— पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी चोरी गर्ने प्रतिवादीका पक्षबाट बुधबार काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस हुने भएको छ। मंगलबार सरकारी पक्षको बहस सकिएको र बुधबार प्रतिवादीका पक्षबाट बहस हुने अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले जानकारी दिए। 

भेटी चोरीमा पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सत्यनारायण जोशी, सञ्जय कपाली, कुमार दमाइ र अनिल परियार संलग्न छन्। बहस सकिए अदालतले आज उनीहरूलाई थुनामा पठाउने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्नेमध्ये एउटा आदेश दिनेछ।  

जिल्ला सरकारी वकिलको कार्यालयले यिनै ६ जना विरुद्ध दुई करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जिल्ला न्यायाधिवक्ता सन्तोष कटवालले जानकारी दिए। भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि १० वर्षसम्म कैद र ५० हजार देखि एक लाख रुपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ।

विगत ६ महिनादेखि संकलित भेटी चोरी गरेको प्रतिवादीले स्वीकार गरेका छन्।  

प्रकाशित मिति: बुधबार, असार ५, २०८१  ०९:३६
Weather Update