६ किलो सुनसहित काठमाडौंबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं— नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राति काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ।
ब्युरोका प्रवक्ता एसपी होबिन्द्र बोगटीका अनुसार चिनियाँमूलका जस्ता देखिने तीन व्यक्तिसँग साथबाट सोनाम गुरुङ नामको नागरिकता फेला परेको छ।
यसअघि पनि काभ्रे र काठमाडौंबाट नक्कली नागरिकता लिएर सुन तस्करी गर्नेगरेको पुष्टि भएको थियो।
अहिले फेरि त्यस्तै प्रकृतिको घटना भएकाले प्रहरीले उक्त नागरिकता नक्कली भएको आशङ्कामा अनुसन्धान गरिरहेको छ।
प्रकाशित मिति: सोमबार, असार ३, २०८१ १०:५८













