काठमाडौं— नवप्रवर्तनमा आधारित व्यवसाय प्रवर्द्धनका लागि हुँदै आएको प्रतिष्पर्धा स्टार्टअप वल्र्डकपको नेपाल एडिसनको फाइनल यही असार १३ गते हुने भएको छ।
नेपालमा स्टार्ट अप हब नेपालले आइतबार जिल्ला समन्वय समिति काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाइनलको मिति घोषणा गरेको हो।
अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्डकपको सुरुवात गरेको थियो।
विकसित देशहरु सबैजसोमा स्टार्टअप वल्र्डकपको आयोजना हुने गरेको भए पनि नेपालमा भने वर्ल्ड ट्रेड गु्रप नेपालले आफ्नो सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत स्टार्टअप वर्ल्डकप भित्र्याएको हो।
स्टार्टअप वल्र्डकपको नेपाल एडिसनमा छनोट भएका उत्कृष्ट १० स्टार्टअपहरु मध्येबाट असार १३ गते नेपाल च्याम्पियन छनोट गरिने जनाइएको छ।
नेपाल च्याम्पियन एउटा स्टार्टअपको आइडिया मेकरलाई अमेरिकाको सान–फ्रान्सिस्कोमा अन्तर्राष्ट्रियस्तरको प्रतिष्पर्धामा सहभागिताको अवसर प्राप्त हुनेछ।
स्टार्टअप विश्व विजेता बन्न सकेमा एक मिलियन डलर (१३ करोड नेपाली रुपैयाँ बराबर) लगानी पुरस्कार पाउने छन्।
पछिल्लो एक दशकदेखि नेपालमा स्टार्टअप इकोसिस्टम बनाउन लागि परेको स्टार्टअप हब नेपालले जनाएको छ। नेपालमा राम्रो स्टार्टअप इकोसिस्टम निर्माण गर्न सके मुलुकको अर्थतन्त्रमा योगदानसँगै विश्व मानचित्रमा नेपालको हैसियत समेत उच्च बनाउन सहज हुने आयोजकको विश्वास छ।