News Griha :: न्यूजगृह
मधेस सरकारले ल्यायो ४३ अर्ब ८९ करोडको बजेट

काठमाडौं— मधेस सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट ल्याएको छ।

अर्थमन्त्री भरतप्रसाद साहले शनिबार प्रदेशसभामा पेस गरेको बजेटको चालु तर्फ १६ अर्ब ०७ लाख १ हजार र पूँजीगततर्फ  २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार विनियोजन गरिएको छ।

खर्च व्यहोर्ने स्रोतहरूमध्ये आन्तरिक राजस्वबाट ९ अर्ब ०७ करोड ३० लाख, वित्तीय हस्तान्तरणबाट पाउने अनुदान ७ अर्ब ७९ करोड ९२ लाख तथा ससर्त अनुदान ३ अर्ब ५५ करोड ७८ लाख हजार हुने अनुमान प्रदेश सरकारको छ।

संघीय सरकारको राजस्व बाँडफाँडबाट १३ अर्ब ६० करोड र गत वर्षको नगद मौज्दातबाट ७ अर्ब ८६ करोड २१ लाख ७० हजार र आन्तरिक ऋण २ अर्ब उठाउने प्रदेश सरकारको घोषणा छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, असार २, २०८१  ०६:१३
Weather Update