गण्डकीमा राप्रपालाई रिझाउन पृथ्वीनारायण शाहको सालिकको लागि बजेट
काठमाडौं— गण्डकी प्रदेशको आर्थिक बर्ष २०८१–८२ को बजेट सार्वजनिक गरिएको छ ।
अर्थमन्त्री डा टकराज गुरुङले प्रदेश सभामा ३२ अर्ब ९७ करोड बजेट सार्वजनिक गरेका हुन् । उनले चालुतर्फ १३ अर्ब १६ करोड अर्थात् ३९ प्रतिशत छ भने पुँजीगत तर्फ १९ अर्ब ५१ करोड अर्थात ५९ प्रतिशत बजेट विनियोजन गरेका छन् ।
बजेटमा सरकारलाई विश्वासको मत दिएर सरकार बाहिर बसेको राप्रपालाई खुशी बनाउने प्रयास गरिएको छ । बजेटमा पोखराको पृथ्वी चोकमा पृथ्वीनारायण शाहको सालिक पुनः ठड्याउने घोषणा गरिएको छ ।
अर्थमन्त्री गुरुङले पृथ्वीचोकमा सालिक निर्माण गर्ने र त्यसका लागि बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।
पोखराको पृथ्वीचोकमा रहेको पृथ्वीनारायणको सालिक मजदुर आन्दोलनको क्रममा फालिएपछि राप्रपाले त्यहाँ पटकपटक सालिक स्थापनाको माग गर्दै आइरहेको थियो ।
प्रकाशित मिति: शनिबार, असार १, २०८१ २०:५८