News Griha :: न्यूजगृह
नेपाल प्रहरीका ७ एसपीको सरुवा 

काठमाडौं— नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा तथा पदस्थापन भएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन्। उनी जिप्रका पश्चिम नवलपरासीमा थिए। त्यहाँ मानव बेचविखन अनुसन्धान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाललाई पठाएको छ।

मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइरालाको सरुवा भएको छ। उनी नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय/कार्यपरिचलन शाखामा कार्यरत थिए।

अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखामा रहेका एसपी प्रदीपबहादुर क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा भएको छ।

मधेस प्रदेश प्रहरी गण जनकपुरमा रहेका हरिहरनाथ योगीलाई बागमती प्रदेश प्रहरी कार्यालय आर्थिक प्रशासन तथा प्रबन्ध महाशाखामा सरुवा गरिएको छ।

मधेस प्रदेश प्रहरी गणमा नारायण रञ्जितकार गएका छन्, उनी नेपाल प्रहरी विद्यालय साँगामा थिए। राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा रहेका अनन्तराम शर्माको गण्डकी प्रदेश प्रहरी गण, पोखरा सरुवा भएको छ।

प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०८१  २१:३८
Weather Update