News Griha :: न्यूजगृह
विविध कार्यक्रम गरी देशभर लोकतन्त्र दिवस मनाइँदै

काठमाडौं— आज १७औँ लोकतन्त्र दिवसको अवसरमा विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।

दीप प्रज्वलन, नगर तथा टोल सरसफाइ, प्रवचन, जनआन्दोलनका शहीदहरूको सम्झना र घाइते तथा उनीहरूका परिवारलाई सम्मान गर्दै लोकतन्त्र दिवस मनाइन लागिएको हो ।

२०६२/०६३ सालको आन्दोलनपछि तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासनकालको अन्त्यको सम्झनामा हरेक वर्ष ११ वैशाखमा लोकतन्त्र दिवस मनाइन्छ ।

यो दिवस २०६४ सालदेखि देशभर मनाउन थालिएको हो ।  

 

प्रकाशित मिति: सोमबार, वैशाख ११, २०८०  ०६:४०
Weather Update