News Griha :: न्यूजगृह
अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने

काठमाडौं— सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा असार १२ गते फैसला सुनाउने भएको छ।

काभ्रेका अर्जुन लामाको हत्यासम्बन्धी दायर मुद्दामा सर्वोच्चले बुधबार सुनुवाइ सकेर फैसला सुनाउने पेसी तोकेको हो।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,  प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। 

२०६९ मङ्सिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमायाले आफ्नो पतिको हत्यामा सापकोटा सहित सूर्यमान दोङलगायतका माओवादी नेता/कार्यकर्ताहरूमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्। 

प्रकाशित मिति: बुधबार, जेठ २३, २०८१  १९:१४
Weather Update