ओलीले भने- गिरीबन्धु बारे बालेनलाई सोध्नु

काठमाडौं— नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टी इस्टेटबारे काठमाडौं महानगरका मेयर बालेन शाहसँग सोध्न आग्रह गरेका छन्।
सोमबार संघीय संसद् भवन परिसरमा पत्रकारले सोधेको प्रश्नमा जवाफमा ओलीले गिरीबन्धु प्रकरणबारे बालेनलाई सोध्न भनेका हुन्।
गिरीबन्धु टी इस्टेटबारे कुरा आइरहेका छन् भन्ने प्रश्नमा अध्यक्ष ओलीले भने, ‘बालेनलाई सोध्नुस्।’
सोमबार बिहान काठमाडौं महानगरका मेयर बालेनले गिरीबन्धुबारे केपी ओलीको नाम नै उल्लेख गरेर गिरीबन्धुको विषयान्तर गर्न न्युरोड सडकको विषय उठाएको आरोप लगाएका थिए।
बालेनले ओलीलाई गिरीबन्धुमा अनियमितता गरेको आरोप लगाउदै पीडितको बैना फिर्ता गरिदिन चेतावनी शैलीमा आग्रह गरेका थिए।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ १८:२४