News Griha :: न्यूजगृह
सुनसरीबाट स्रोत नखुलेको १ करोड १ लाख नगद बरामद, एक जना पक्राउ

काठमाडौं— सशस्त्र प्रहरीले गएराति सुनसरीबाट १ करोड १ लाख रुपैयाँ बरामद गरेको छ।

हरिनगर गाउँपालिका–५ दुर्गा मन्दिरस्थित सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट वसन्तपुरको टोलीले स्रोत नखुलेको १ करोड १ लाख रुपैयाँ बरामद गरेको हो। 

घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको बा १६ च ७६१३ नम्बरको कारलाई सुरक्षा जाँच गर्दा कार भित्र बोरामा लुकाई राखेको अवस्थामा उक्त रकम बरामद भएको हो।

बरामद भएको रकममा १ हजार दरको नोट ९ हजार ७ सय थान (९७ लाख) र ५ सय दरको ८ सय थान (४ लाख) रहेको छ। रकमसँगै कार र  चालक सुनसरी जिल्ला  हरिनगर गाउँपालिका–५ बस्ने वर्ष ३७ का ईसा अन्सारीलाईसमेत नियन्त्रणमा लिइएको छ।

प्रारम्भिक सोधपुछमा उनले सो रकमको श्रोत खुलाउन सकेका छैनन्। नगद रकम, कार र चालकलाई आवश्यक अनुसन्धान  तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइने सशस्त्र प्रहरीले जनाएको छ।

प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  ०८:४४
Weather Update