News Griha :: न्यूजगृह
कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा सुधार

काठमाडौं— नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधिसभा सदस्य डा.चन्द्र भण्डारीको जलेको अनुहारको छाला राम्रो हुँदै गएको छ ।

बुद्धनगरस्थित निजी निवासमा गत फागुन ३ गते ‘ग्यास लिक’ भएर आगलागीबाट जलेको अनुहारको छाला राम्रो हुँदै गएको हो ।

भारतको मुम्बईस्थित नेशनल वर्न सेन्टरमा उपचाररत भण्डारीको स्वास्थ्यमा सुधार भइरहेको र अनुहारको छाला राम्रो हुँदै गएको डा.भण्डारीका दाजु मीनप्रसाद भण्डारीले जानकारी दिए ।

‘डाभण्डारीको फिजियोथेरापी भइरहेको छ, कलमी गरिएको छालाले राम्रो प्रतिक्रिया दिइरहेको छ, स्वास्थ्यमा राम्रो सुधार भइरहेको छ’डा.भण्डारीका दाजु मीनप्रसादले भने ।

स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएकाले तत्काल शल्यक्रिया गर्न आवश्यक नभएको डाक्टरले बताएको उनले बताए ।

आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए । हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते नै निधन भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, चैत ३, २०७९  ०६:०६
Weather Update