News Griha :: न्यूजगृह
ठूला पार्टीका ठूला नेतालाई रविको चेतावनी– फेक न्यूज कारखाना बन्द गर्नुस्, नत्र...

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ठूला पार्टीका ठूला नेताले फेक न्यूज कारखाना बन्द नगरे जनताले उनीहरूकाे राजनीति बन्द गरिदिने चेतावनी दिएका छन् ।

आइतबार जारी उपनिर्वाचको सन्दर्भमा फेक न्यूजमार्फत रास्वपामाथि आक्रमण भएको र उक्त कार्य ठूला राजनीतिक दलका ठूला नेताबाट भएको भन्दै सभापति लामिछानेले उक्त चेतावनी दिएका हुन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा भिडिओमार्फत भनेका छन्, ‘रास्वपाले कसैसँग चुनावी तालमेल गरेको छैन । बारा, तनहुँ र चितवन तिनै ठाउँमा भोट घण्टीलाई नै हो । ठूला पार्टीका ठूला नेताज्यू, आफ्ना फेक न्यूज कारखाना बन्द गर्नुस् नत्र जनताले तपाईंको राजनीति बन्द गर्छन् ।’

लामिछाने चितवन–२ का उम्मेदवारसमेत हुन् । 

 

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०७:५१
Weather Update