News Griha :: न्यूजगृह
रास्वपाले भन्यो– सामाजिक सञ्जालको दुरुपयोग गरी झुटा कुरा पोस्ट भए

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । रास्वपाले झुटा पोस्टप्रति सबै सजग रहन पनि अनुरोध गरेको छ ।

‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस खालका झुटा पोस्टहरूप्रति सम्बन्धित सबै सजग रहन अनुरोध गर्दछौं,’ रास्वपाले आइतबार बिहान पार्टीको फेसबुक पेजमार्फत भनेको छ ।

सामाजिक सञ्जाल दुरुपयोग गरी भइरहेका अफवाह फैलाउने र झुटको खेती गर्नेहरूको निगरानी र कानुनबमोजिम कारबाही गर्न रास्वपाले निर्वाचन आयोगको ध्यानाकर्षणसमेत गराएको छ ।

यस्तो छ रास्वपाको भनाइ

रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोप्रति हाम्राे गम्भीर ध्यानाकर्षण भएकाे छ । यस खालका झुठा पाेष्टहरूप्रति सम्बन्धित सबै सजग रहनुहुन अनुराेध गर्दछाैं ।सामाजिक सञ्जालहरूकाे दुरुपयोग गरी भइरहेका यस खालका अफवाह फैलाउने/झुठकाे खेती गर्ने हरूकाे निगरानी तथा कानुन बमोजिम कारवाही गरियोस् भनी सम्मानित निर्वाचन आयाेग तथा अन्य सम्बन्धित निकायकाे समेत ध्यानाकर्षण गराउन चाहन्छौं । स्वच्छ मनले स्वस्थ प्रतिस्पर्धा मार्फत् जनमत हासिल गरी देशकाे सेवामा समर्पित हाेओैं । यस्तो गलत अभ्यासले आजका नेपालीलाई भ्रमित बनाउन सक्दैन भन्ने सबैले बुझ्नुपर्छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०७:३५
Weather Update