News Griha :: न्यूजगृह
सफा हिमाल अभियानअन्तर्गत ११ हजार केजी फोहोर सङ्कलन, थप २ वटा शव पनि भेटिए
तस्बिरः सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय।

काठमाडौं— नेपाली सेनाले सफा हिमाल अभियानअन्तर्गत ११ हजार केजी फोहोर सङ्कलन गरेको छ ।

२०८० चैत २९ गतेबाट सेनाको अगुवाइमा सञ्चालन भइरहेको अभियानमा सहभागी टोलीले उक्त फोहोर सङ्कलन गरेको हो ।

सेनाका अनुसार सगरमाथा हिमालको बाल्कोनी इलाका (८४३० मि) र ल्होत्से क्याम्प ४ इलाका (७९०० मि)मा २ वटा शव भेटिएको छ ।
भेटिएका दुवै शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पतालको फरेन्सिक ल्याबमा पठाइएको छ ।

यस वर्षको अभियानअन्तर्गत हालसम्म सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ हजार केजी फोहोर, ४ वटा मानव शव तथा केही मानव अस्थिपञ्जर सङ्कलन तथा व्यवस्थापन गरिएको सेनाले जनाएको छ ।

विश्व वातावरण दिवसमा समापन हुने यस अभियानले विश्वव्यापी चुनौतीको रूपमा रहेको वातावरण प्रदूषण तथा विश्व तापमानको असरलाई न्यून गर्न सचेतना फैलाउने एवं हिमालहरूमा थुप्रिएको फोहोर हटाउन सहयोग पुग्ने विश्वास सेनाको छ। 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  १९:३२
Weather Update