६ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने सरकारको लक्ष्य
काठमाडौं— सरकारले आगामी आर्थिक वर्ष आगामी आर्थिक वर्ष २०८१/८२ मा देशको आर्थिक वृद्धिदर ६ प्रतिशत पुर्याउने लक्ष्य राखेको छ।
मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट घोषणाका क्रममा ६ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य लिइएको जानकारी गराए।
त्यस्तै उनका अनुसार आगामी आर्थिक वर्ष मूल्यवृद्धि ५ दशमलव ५ प्रतिशतमा सीमित राख्ने लक्ष्य बजेटले लिएको छ।
बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री पुनले चालु आर्थिक वर्षमा देशले ३ दशमलव ९ प्रतिशत मात्रै आर्थिक वृद्धि हासिल गर्न सक्ने जानकारी गराएका हन्।
सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड बजेट विनियोजन गरेको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:२५