यस्तो छ आगामी आर्थिक वर्षको बजेट [पूर्णपाठ]
काठमाडौं— सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि १८ खर्ब ६० खर्ब ३० करोड बजेट ल्याएको छ।
मंगलबार संघीय संसद्को दुवै सदनको बैठकमा बजेत वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्ष भन्दा ६ दशमलव २ प्रतिशत बढी बजेट ल्याएको बताए।
त्यस्तै चालुगततर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात कुल विनियोजनको ६१ दशमलव ३१ प्रतिशत रहेको उनले बताए। त्यसैगरी पुँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड अर्थात कुल विनियोजनको १८ दशमलव ९४ प्रतिशत छुट्टयाइएको बताए।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा कुल विनियोजनको १९ दशमलव ७४ प्रतिशत वित्तीय व्यवस्थापनका लागि छुट्याइएको बताए। वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ करोड बजेट छुट्टयाइएको छ।
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१ १७:१५