News Griha :: न्यूजगृह
बजेट: लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री

काठमाडौं—अर्थमन्त्री वर्षमान पुनले आज बजेट ल्याउँदै छन्। अर्थमन्त्री पुनले देशमा आर्थिक मन्दीको अवस्था रहेको बेला बजेट ल्याउने तयारी गरेका हुन्।

स्रोतका अनुसार यसपटकको बजेटको आकार करिव १९ खर्बको हुने बताइएको छ। गत वर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो।

बजेटमा केही लोकप्रिय कार्यक्रम ल्याउने दबाबमा अर्थमन्त्री छन्। सरकारले खासै ठोस कार्यक्रम दिएर जनतालाई आश्वस्त पार्न नसकेको अवस्था लोकप्रिय कार्यक्रम ल्याउने दबाब प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री पुन दुवैलाई छ।

स्रोतका अनुसार यसपटकको बजेटमा कर्मचारीको तलब भत्ता तथा सामाजिक सुरक्षा भत्ता नबढ्ने बताइएको छ। यसपटकको बजेटमा सूचना तथा प्रविधि क्षेत्रलाई प्रोत्साहन गरिने, माओवादी पूर्व लडाकुका लागि कार्यक्रम आउन सक्ने बुझिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  ०७:४८
Weather Update