News Griha :: न्यूजगृह
यी २६ सार्वजनिक संस्थान नाफामा

काठमाडौं— देशका २६ सार्वजनिक संस्थान नाफामा गएको देखिएको छ। 

अर्थ मन्त्रालयले आइतबार संसद्‌मा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार २६ सार्वजनिक संस्थान नाफामा गएका छन् भने १५ संस्थान घाटामा गएका छन्। त्यस्तै तीन संस्थानको कारोबार शून्य छ। कुल सार्वजनिक संस्थानको संख्या ४४ रहेको छ।

अघिल्लो आर्थिक वर्षमा सञ्चालनमा रहेका सार्वजनिक संस्थान मध्ये २५ नाफामा र १७ नोक्सानीमा सञ्चालित थिए। अत्याधिक नाफा आर्जन गर्ने सार्वजनिक संस्थानमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष लगायत रहेका छन्।

त्यस्तै आव ०८०/८१ मा नोक्सानीमा गएका संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन रहेका छन्।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ १४, २०८१  ०७:५५
Weather Update