News Griha :: न्यूजगृह
फास्ट ट्र्याकको धेद्रे जोडी सुरुङको ‘ब्रेक थ्रु’
तस्बिर: डीपीआर

काठमाडौं— काठमाडौं-तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ।

शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको हो। यो सुरुङको लम्बाई १६ सय ६३ मिटर रहेको छ।

fast-track-tunnel-1-1716561926.jpg
निजगढबाट काठमाडौं आउनेतर्फको लेनमा रहने सुरुङको शुक्रबार ब्रेक थ्रु भएको हो। यसअघि जेठ ४ मा काठमाडौंबाट निजगढतर्फ जाने सुरुङ छिचोलिएको थियो।

fast-track-tunnel-1716561930.jpg
द्रुतमार्ग सडक आयोजना अन्तर्गत प्याकेज नम्बर २ मा यो सुरुङ रहेको छ। शुक्रबार रक्षामन्त्री हरिप्रसाद उप्रेती, प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा सचिव किरणराज शर्मालगायतको उपस्थितिमा सुरुङ मार्ग छिचोलिएको हो।

७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर रहेको छ। यो आयोजनामा ६ स्थानमा सुरुङ बन्दैछन्।

fast-track-visit-1716561932.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  २०:३१
Weather Update