News Griha :: न्यूजगृह
गर्भवती भएको बेलामा कस्तो भाँडोमा पानी पिउने ? 

काठमाडौं— गर्भवती भएको बेलामा महिलाहरूलाई धेरै पानी पिउन मन लाग्छ ।

शरीरमा पानीको स्तर कायम राख्न गर्भवतीले धेरै पानी पिउनुपर्ने हुन्छ । त्यसैले घरबाट बाहिर निस्केको बेलामा उनीहरू बोतलमा पानी भरेर लैजान्छन् । तर प्लास्टिकको बोतलबाट पानी पिउनु हानिकारक हुन्छ । 

एक अध्ययनका अनुसार गर्भवतीले प्लास्टिकको बोतलबाट पानी पिउँदा गर्भको बच्चालाई समेत नराम्रो असर पुग्छ । प्लास्टिकले महिलाहरूमा हर्मोन परिवर्तन गराउँछ जसका कारण बच्चालाई असर पर्छ ।

क्यानाडाको युनिभर्सिटी अफ ओटावाले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनका अनुसार प्लास्टिकको बोतल बनाउँदा प्रयोग गरिने बिसफेनलले गर्भवतीको भोक नियन्त्रण गर्ने हर्मोनमा असर गर्छ । 

लामो समयसम्म प्लास्टिकको बोतलबाट पानी पिउँदा महिलाहरूलाई कम भोक लाग्छ र उचित भोजनको अभावमा गर्भमा रहेको बच्चालाई पोषण पुग्दैन । बच्चाको मानसिक विकासमा पनि यसले नराम्रो असर गर्छ । 

बिसफेनल रसायनले गर्भवतीको शरीरमा ऊर्जा र हर्मोनको सन्तुलनलाई प्रभावित गर्छ । यसका कारण गर्भवतीमा अनावश्यक परिवर्तन आउँछ र त्यसको प्रभाव बच्चामा पर्छ । 

यसअघि लन्डन विश्वविद्यालयको कलेजले गरेको अनुसन्धानले पनि प्लास्टिकको बोतलमा पानी हालेर घाममा छोड्दा त्यो विषालु हुने देखाएको थियो । यस्तो पानी पिउँदा पेटसम्बन्धी रोगका साथसाथै क्यान्सरको पनि खतरा हुन्छ । 

–एजेन्सीको सहयोगमा

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  १४:४६
Weather Update