धनुषामा क्रसर उद्योगका कामदार मृत अवस्थामा भेटिए, अर्का व्यक्ति घाइते

काठमाडौं— धनुषाको एक क्रसर उद्योगमा काम गर्ने एक कामदारको मृत्यु भएको छ भने अर्का घाइते भएका छन्।
धनुषाको गणेशमान चारनाथ नगरपालिका वडा नं ६ स्थित कमला स्टोन क्रसरमा सोही स्थानका २० वर्षीय अर्जुन यादव मृत अवस्थामा फेला परेका हुन्।
त्यस्तै अर्का व्यक्ति बाराका ४५ वर्षीय शेलकुमार मगर घाइते अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले न्यूजगृहलाई जानकारी दिए।
उनका अनुसार गएराति साढे १ बजे यादव क्रसरको ढुंगा फोड्ने फित्ता सफा गर्ने क्रममा त्यहाँ च्यापिएर मृत्यु भएको अवाले बताए।
‘उहाँको साढे १ बजे राति क्रसरको फित्ता सफा गर्ने क्रममा त्यहाँ च्यापिएर मृत्यु भएको हो,’ उनले भने।
त्यस्तै अर्का व्यक्ति के कारणले घाइते भएको भन्ने खुल्न नसकेको र उनको उपचार भइरहेको उनले बताए।
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१ ११:५१













