News Griha :: न्यूजगृह
दाङमा वडाध्यक्षमाथि कार्यकक्षभित्रै भाला प्रहार, अवस्था गम्भीर

दाङ—राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्षमाथि भाला प्रहार भएको छ। मंगलबार दिउँसो वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो।

उनको अवस्था गम्भीर छ। हाल उनको लमही अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार राजपुर गाउँपालिका वडा नम्बर ६ खयरभट्टी निवासी २० वर्षीय विजय नेपालीले वडाध्यक्ष विष्टमाथि दिउँसो छातीको बायाँ भागमा भाला प्रहार गरेर घाइते बनाएका हुन्।

 इलाका प्रहरी कार्यालय गढवाले नेपालीलाई नियन्त्रणमा लिएको छ। वडाध्यक्ष विष्टमाथि आक्रमण हुनुको कारण खुलेको छैन।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १९:००
Weather Update