News Griha :: न्यूजगृह
वैवाहिक बलात्कार मुद्दाका आरोपित गायक रवि ओड प्रहरी नियन्त्रणमा 

काठमाडौं— वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा गायक रवि ओडले प्रहरी समक्ष आत्मसपर्मण गरेका छन्।

कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आत्मसपर्मण गरेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० मा उजुरी दिएकी थिइन्

प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन्।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  ०७:०८
Weather Update