News Griha :: न्यूजगृह
कोरोनाका कारण शुक्रबार १ को मृत्यु, ४ सय १४ पुग्यो सक्रिय संक्रमितको संख्या

काठमाडौं— कोरोनाका कारण शुक्रबार एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्राबार मात्रै थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा १ हजार ८८३ नमुनामध्‍ये ५८१ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना  र १ हजार ३०२ जनाको एन्टीजेन परीक्षण गर्दा ४२ जना गरी १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।  

यस्तै संक्रिय संक्रमितको संख्या ४१४ पुगेको छ भने संस्थागत आईशोलेशनमा २५ जना, आईसीयूमा ७ जना र भेन्टिलेटरमा ३ जना उपचाररत छन् ।

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:४१
Weather Update