News Griha :: न्यूजगृह
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार? 

काठमाडौं— सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला छापावाला सुनको मूल्य २ सयले बढेको हो। आइतबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेकोमा आज १ लाख ३५ हजार ६ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 

Prabhu Bank

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ३४ हजार ९ सय ५० रहेको छ।

आइतबारको तुलनामा आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले वृद्धि भएको छ। हिजो १ हजार ६ सय ४० मा कारोबार भएको चाँदी आज १ हजार ६ सय ६० कायम भइ कारोबार भइरहेको हो।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  ११:३८
Weather Update