News Griha :: न्यूजगृह
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार घट्यो    

काठमाडौं— साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आइतबार २४.५८ अंकले घट्दै नेप्से परिसूचक १९७४.३७ बिन्दुमा रह्यो । 

९७ लाख ६२ हजार ८०३ कित्ता शेयर ३ अर्ब ७९ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ। 

यो गत साताको अन्तिम कारोबार दिनभन्दा घटेको हो। गत बिहीबार नेप्से परिसूचक ७.३१ अंकले घट्दै १९९८.९६ बिन्दुमा रहँदा ९४ लाख ९८ हजार २९८ कित्ता शेयर ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँमा किनबेच भएको थियो। 

Prabhu Bank

लघुवित्त र निर्जीवन बीमाबाहेक सबै उपसूचक घट्दा परिसूचकसँगै कारोबार घटेको हो । सर्वाधिक विकास बैंक उपसमूह २.६५ प्रतिशतले घटेको छ। 

१९६ कम्पनीको शेयरमूल्य घट्दा लगानीकर्ताले गुमाएका छन् । ४२ कम्पनीको शेयरमूल्य बढेको छ भने ७ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। 

सर्वाधिक कारोबार हुनेमा कम्पनीको सूचीमा नेपाल फाइनान्स पहिलो नम्रबमा छ। उक्त फाइनान्सको १२ करोड ६४ लाख रुपैयाँको शेयर किनबेच भएको छ। 

हिमालयन डिष्टिलरीको ११ करोड ९० लाख, पोखरा फाइनान्सको ११ करोड ७० लाख, आइएमई लाइफ इन्स्योरेन्सको ११ करोड र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ९ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ।  

शेयरमूल्य बढ्ने कम्पनीका दोल्ती पावर, साधना लघुवित्त, समता घरेलु लघुवित्त लगायत छन्। 

शेयरमूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका पिपुल्स पावर, सिंगटी हाइड्रवोपावर, हिमालयन डिष्टिलरी, जानकी फाइनान्स, बोटलर्स तराईलगायत छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १५:५५
Weather Update