News Griha :: न्यूजगृह
अभिनेता श्रेयसको दाबीः कोरोना भ्याक्सिनले हृदयघात भयो

काठमाडौं— बलिउड अभिनेता श्रेयस तलपडे चाँडै कमेडी फिल्म ‘वेलकम टू द जंगल’मा देखिँदैछन्। यो फिल्मप्रति दर्शकको चासो निकै छ। यो फिल्ममा अभिनेता अक्षयकुमारसहित कैयौँ कलाकारको अभिनय छ।

गत वर्ष श्रेयसलाई हृदयघात भएको थियो। उनलाई हृदयघात भएपछि फ्यानहरुले स्वास्थ्य लाभको कामना गरेका थिए। यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात भएको दाबी गरेका छन्। उनको दाबीले सबै चकित छन्।

Prabhu Bank

‘म मदिरा सायद महिनामा एक पटक पिउँछु। धूम्रपान गर्दिनँ। मेरो कोलेस्ट्रोल केही बढेको थियो। अहिलेको दिनमा यो सामान्य छ। यी कुराका लागि मैले औषधि लिइरहेको थिएँ, जसको असर निकै राम्रो देखिन थालेको छ। म आफ्नो खानपानमा ध्यान राख्छु। मलाई कुनै समस्या छैन। त्यसो भए हृदयघातको कारण के हुनसक्छ। यति प्रतिबन्धका बाबजुद पनि हृदयघात हुनु केही कारण त होला,’ उनले भनेका छन्।

उनले कोभिड भ्याक्सिन लगाएपछि शरीरमा केही परिवर्तनको अनुभव भएको बताए। ‘म यो कुरालाई गलत मान्दिनँ। कोभिड भ्याक्सिन पछि ममा केही थकानको अनुभव भयो। यसमा सत्यता हुनसक्छ र म सिद्धान्तलाई नकार्न सक्दिनँ। हुनसक्छ कि यो कोभिड या भ्याक्सिन हो, तर यो जोडिएको त छ।

हालैमात्र कोभिड भ्याक्सिन लगाएपछि मानिसहरूलाई हृदयघात भएको एक रिपोर्ट बाहिर आएको थियो। मलाई पनि त्यही नहोला भन्न सकिन्न,’ उनले भनेका छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  १२:४९
Weather Update