News Griha :: न्यूजगृह
आज के भयो सुनचाँदीको मूल्य?  

काठमाडौं— साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ। 

 शुक्रबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३५ हजार ४ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Prabhu Bank

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ३४ हजार ७ सय ५० रहेको छ। 

शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले गिरावट आएको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ६ सय ४५ रहेको थियो। आज मूल्य गिरावट आइ १ हजार ६ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २३, २०८१  ११:०६
Weather Update