News Griha :: न्यूजगृह
बुधबार घटेको सुनको मूल्य आज फेरि बढ्यो 

काठमाडौं— बुधबार घटेको सुनको मूल्य बिहीबार फेरि बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा आज प्रतितोला छापावाला सुनको मूल्य २ हजारले वृद्धि भएको छ। 

Prabhu Bank

अघिल्लो कारोबार दिन १ लाख ३४ हजार ५ सयमा कारोबार भएको सुन आज मूल्य वृद्धि भइ १ लाख ३६ हजार ५  सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ३५ हजार ८ सय ५० रहेको छ। 

बुधबारको तुलनामा आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले वृद्धि भएको छ। अघिल्लो कारोबार दिन चाँदीको मूल्य १ हजार ६ सय ३० रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ६ सय ४५ रहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १०:४४
राजनीति
विशेष
Weather Update