News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
कस्तो छ आज शेयर बजारको अवस्था?

काठमाडौं— सोमबार शेयर बजारमा सामान्य सुधार देखिएको छ। साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ। सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को बिन्दुमा रह्यो।
 
७३ लाख ४१ हजार १७७ कित्ता शेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ। साताको पहिलो दिन पनि बजारले संकेत पनि सकारात्मक गरेको थियो। बजार परिसूचक १४.३३ अंकले बढ्दै १९८०.२७ बिन्दुमा पुग्दा कारोबार रकम २ अर्ब ६८ करोड २५ लाख रुपैयाँ थियो। 

बजार परिसूचक माथि उचाल्न एक्लै फाइनान्स उपसमूह ४.१७ प्रतिशतले बढ्दा बल मिलेको हो। विकास बैंक उपसमूह १.६६ प्रतिशतले बढेको छ। वाणिज्य बैंक, म्युचुअल फण्ड पनि बढेको छ। १३ मध्ये ९ उपसमूह घटेका छन्।  

Prabhu Bank

आइतबार पनि फाइनान्स उपसमूह ३.९८ प्रतिशतले बढेको थियो। शेयरमूल्य बढ्ने र कारोबार उल्लेख्य हुनेमा फाइनान्स कम्पनी नै अघि आएका छन्।

९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ को घटेको छ । १७ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।

शेयर मूल्य बढ्ने र सर्वाधिक कारोबार हुनेमा दोस्रो दिन पनि पोखरा फाइनान्स सबैभन्दा अगाडि रह्यो। उक्त कम्पनीको शेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ। शेयर कारोबार १७ करोड ५४ लाख रुपैयाँको भएको छ। यस्तै जानकी फाइनान्सको शेयर मूल्य पनि बढेर सर्किट लागेको छ भने नेपाल फाइनान्सको शेयरमा पनि सर्किटस्तरको बढोत्तरी छ।

यस्तै नेपाल फाइनान्सको १४ करोड ७० लाख र जानकी फाइनान्सको ९ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज शेयर मूल्य घटेर लगानीकर्ता नोक्सानमा परेका शीर्ष ५ कम्पनीमा पिपुल्स पावर, इस्टर्न हाइड्रोपावर, मेन्छियम हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र नेको इन्स्योरेन्स छन्।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १५:४८
राजनीति
विशेष
Weather Update