News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लगानीकर्तालाई बिना झन्झट लगानी गर्ने वातावरण बनाउनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले विगतमा उर्जा संकट भोगेको नेपालमा बढ्दो उर्जा उत्पादनले राष्ट्रको उर्जा सुरक्षालाई बलियो बनाउँदै लगेको बताएका छन्।

उर्जा विकासको क्षेत्रमा लगानीकर्तालाई राजनीतिक नेतृत्वले उत्साहित गर्न सक्नुपर्ने धारणा पौडेलको छ। 

बिहीबार काठमाडौंमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ को उद्घाटन गर्दै उनले नेपाल उर्जा उत्पादनको हिसाबले बलियो बन्दै गएको बताएका हुन्। 

Prabhu Bank

उनले भने, ‘कुनैबेला ठूलो उर्जा संकट भोगेको नेपालमा बढ्दो उर्जा उत्पादनले नेपालको उर्जा सुरक्षालाई बजबुत बनाउँदै लगेको छ । नेपाल उर्जा आयात गर्ने राष्ट्रबाट उर्जा निर्यात गर्ने राष्ट्रमा परिणत हुँदै छ।’

विगतको उर्जा परनिर्भरतालाई अन्त्य गरेर उर्जा व्यापार मार्फत उर्जा क्षेत्रले देशको आर्थिक विकासमा सकारात्मक भूमिका खेल्ने धारणा राखे। पौडेलले नेपाल छिमेकी राष्ट्रका क्षेत्रीय बजारमा स्वच्छ र हरित उर्जा निर्यात गर्न सक्ने अवस्थामा नेपाल पुग्नु सन्तोषको विषय भएको बताएका उनले त्यसमा निजी क्षेत्रको योगदान महत्वपूर्ण भएको बताए। 

‘नेपाल छिमेकी राष्ट्रहरुको क्षेत्रिय बनारहरुमा स्वच्छ र हरित उर्जा निर्यातमार्फत नवीकरणीय उर्जाको उपयोग अभिवृद्धिका लागि योगदान दिनसक्ने अवस्थामा पुग्नु सन्तोषको विषय हो’ राष्ट्रपति पौडेलले भने। 

यस्तै उनले आगामी एक दशकमा नेपालले भारतलाई १० हजार मेगावट विद्युत बेच्न गरेको सम्झौता अनुसार कार्य गर्न सरकारलाई निरन्तर क्रियाशील रहन पनि सुझाए। 

‘स्वदेशी तथा विदेशी लगानीकर्तालाई बिना झन्झट उत्साहको साथ लगानी गर्ने वातावरण निर्माण गर्नु सरकारको दायित्व पनि हो । यसले निजी क्षेत्रको उत्साह वुद्धि भई देशको समग्र अर्थतन्त्रमा योगदान पुग्नेछ,’ राष्ट्रपति पौडेलले भने।  

प्राकृतिक स्रोत साधनमा धनी रहेको नेपालले द्रुत उर्जा विकासमार्फत संमृद्धि हासिल गर्नसक्ने समभावना प्रबल रहेको बताएका उनले सरकारले निजी क्षेत्रलाई काम गर्ने वातावरण बनाएर सहजिकरण गर्नुपर्नेमा जोड दिए। उनले राजनीतिले लगानीकर्तामाथि उत्साह भर्न सक्नुपर्ने बताए। 

‘सरकारको सहजीकरण र समन्वय अनि निजी क्षेत्रको लगानीबाट उर्जा क्षेत्रको तिव्र विकास सम्भव छ। यसकारण राजनीतिले लगानीकर्र्तामाझ उत्साह भर्न सक्नुपर्छ। जसका लागि सरकारले ऐन, कानून, नीति नियममा सहजीकरण गर्नुपर्छ भने निजी क्षेत्रले देशको हित संमृद्धिलाई सर्वोपरी मानेर लगानी बढाउँदै जानुपर्छ’ पौडेलले भने। 

बिहीबारबाट काठमाडौंमा सुरु एक्पोले उर्जा विकासको क्षेत्रमा लाग्ने सबै सरोकारवालालाई एकै थलोमा ल्याएर उर्जा विकास गर्न पेरित गर्नुका साथै सामूहिक सहकार्यको अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १३:४३
Weather Update