बालबालिकालाई आज पनि खुवाइँदै भिटामिन ए र जुकाको औषधि

काठमाडौं— आज पनि बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । आज अन्तिम दिन हो । सरकारले हिजो र आजलाई भिटामिन ए र जुकाको औषधि खुवाउने दिन तोकेको छ ।
६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
१२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयको भनाइ छ ।
आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८० ०६:३३