News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
लगानी सम्मेलनमा १४८ परियोजना सोकेसमा राखिने

काठमाडौं— लगानी सम्मेलनमा १४५ परियोजना सोकेसमा राखिने भएको छ।

लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ।

Prabhu Bank

सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिने भएको छ।

त्यस्तै बोर्ड बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि छ अर्ब ६३ करोड ४० लाख रुपैयाँ बराबर थप लगानी स्वीकृत गरेको छ भने डाबर नेपाल प्रालिको लगानी सम्झौताको मस्यौदा तयार गर्न लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ। 

डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधिकरणको लागि नौ अर्ब ६८ करोड रुपैयाँ पुनः लगानीका लागि प्रस्ताव गरेको छ। उक्त परियोजनाको विस्तृत परियोजना प्रतिवेदन प्राप्त भई बोर्डको मूल्याङ्कन पश्चात् वार्ता प्रक्रिया अगाडि बढाइएको हो।  

लगानी सम्मेलन यही वैशाख १६ र १७ मा हुँदैछ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  २१:२९
Weather Update