News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
एमाले नेताहरुसँग कड्किँदै देउवाले भने– मदनको हत्यारा खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने?  

काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता लगाउने विषयमा नेपाली कांग्रेसलाई गाली गर्नुको औचित्य नरहेको बताएका छन्। 

आज नेपाल कम्युनिष्ट पार्टीको ७५औँ स्थापना दिवसका अवसरमा एमालेले आयोजना गरेको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले एमालेले हत्यारा किन पत्ता लगाउन सकेन? भन्दै प्रश्न गरे। 

Prabhu Bank

गोदावरीमा आयोजित समारोहलाई सम्बोधन गर्दै एमाले नेताहरु विशिष्ट पदमा पुगे पनि भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको भन्दै कटाक्ष गरे।

‘मलाई मदन भण्डारीको विषयमा राम्रै कुरा गर्ने मन थियो। तर अहिले उहाँहरुले कांग्रेसलाई गाली गर्नुसम्म गर्नुभयो उहाँहरुले (एमालेले)। अब मैले जवाफ दिनुपरिहाल्यो। मलाई गाली गर्नेहरुले मदन भण्डारी किन मर्नुभयो किन भन्न सक्दैन? मदन भण्डारी मारेको कुरा अहिलेसम्म किन लुक्यो? रहस्यमय निधन भन्यौँ, कसले रोक्या छ खोज्नलाई? की कांग्रेसले रोक्या हो? कसले रोक्यो उसो भए यो? आफू खोज्न नसक्ने अनि कांग्रेसलाई गाली गर्ने? मदन भण्डारीको हत्यारा को हो अझै पत्ता लगाउन सक्या छैन। हुँदाहुँदा उसको ड्राइभर पनि मारियो,’ सभापति देउवाले भने, ‘मदन भण्डारी राम्रो नेता हो त्यसमा दुइमतै छैन। तर मार्ने कोहो अझैसम्म किन पत्ता लागेन? कांग्रेसको विरोध गर्नुहोस् केही छैन तर आफ्नो पनि कुरा भन्नुपर्यो नि। किन मदन भण्डारीको हत्यारा पत्ता लागेन? कांग्रेसले रोक्या छ यहाँ? दुईपटक राष्ट्रपति बनिसक्नुभयो, प्रधानमन्त्री बनिसके सबै । खै पत्ता लागेको? त्यसकारण मलाई विरोध गरेर केही हुनेवाला छैन। पत्ता लगाउनुपर्यो तपाईहरुले।’ 

त्यस्तै एकै समयमा स्थापना भएको नेकपा र कांग्रेसबीच सुमधुर सम्बन्ध रहेको स्मरण गराउँदै कांग्रेस र कम्युनिष्ट घटकका दलहरुको सहकार्यले नै नेपालमा लोकतन्त्रको जग बस्न सकेको बताए। 

 

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:३१
Weather Update