News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेकपा स्थापना दिवसः गोदावरीमा मदनको नाम लिँदा भक्कानिइन् पूर्व राष्ट्रपति भण्डारी 

काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको ७५ वर्ष पुगेको अवसरमा एमालेले आयोजना गरेको विशेष समारोहलाई पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरेकी छिन्। 

ललितपुरको गोदावरीमा आयोजित विशेष समारोहमा पूर्व राष्ट्रपति भण्डारीले सम्बोधन गरेकी हुन्।

Prabhu Bank

सो सन्दर्भमा पूर्व राष्ट्रपति भण्डारीले नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको नाम उच्चरण गर्दा गला अवरुद्ध भएको थियो। 

सम्बोधनका क्रममा २०५० साल जेठ ३ गते मदनको रहस्यमयी निधनको प्रशंग आउँदा भण्डारी भक्कानिइन्। उनले मदनको निधनपछि आफू राजनीतिमा थप सक्रिय बन्ने अभिभारा आइपरेको बताइन्। 

‘सर्वविदितै छ की नेकपा एमालेका तत्कालिन महासचिव जननेता मदन भण्डारीको २०५० साल जेठ ३ गते जिप दुर्घटनामा परी रहस्यमय निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो,’ उनले भनेकी छिन्, ‘नेकपा एमालेको प्रेरणा र प्रोत्साहन एवं कार्यकर्ता सदस्य तथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियनामा म राजनीतिमा थप सक्रियताका साथ सामेल हुने परिवेश निर्माण भएको थियो।’ 

नेकपा एमालेकै कारण आफूले मुलुकको राष्ट्रपति बन्ने अवसर प्राप्त भएको समेत बताइन्। साथै आफूले राष्ट्रपति बनिसकेपछि देशको हितका लागि काम गरेको बताइन्।  

नेकपा स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेकपा एमालेले गोदवारीमा हीरक जयन्ती मनाएको छ। सो समारोहमा पूर्व राष्ट्रपति भण्डारी, प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरु उपस्थित रहेका  छन्। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:०९
Weather Update