News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?  

काठमाडौं—नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ। 

गत कारोबार दिन आइतबार नेपाली बजारमा प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३ सय रहेको थियो। आज तोलामा १ हजार १ सयले गिरावट आइ प्रतितोला सुन १ लाख ३८ हजार २ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

Prabhu Bank

त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ३७ हजार ५ सय ५० रहेको छ। 

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेको छ। आइतबार चाँदीको मूल्य १ हजार ७ सय ४० रहेकोमा आज १ हजार ७ सय ५ रहेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  ११:२७
Weather Update