News Griha :: न्यूजगृह
शेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी  

काठमाडौं— नयाँ वर्षको सुरुबाटै ओरालो लागेर गत साता घटेको शेयर बजारमा आइतबार भने सुधार देखिएको छ। १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो। 

वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक सबै उपसमूह बढ्दा नेप्सेमा सुधार देखिएको हो। ६३ लाख ९३ हजार २४५ कित्ता शेयर २ अर्ब २५ करोड ९९ लाख रुपैयाँमा कारोबार भएको छ। 

सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन १.९० र जलविद्युत उपसमूह १.१५ प्रतिशतको बढोत्तरी छ। कारोबारमा आएका कम्पनीमध्ये १ सय ७६ वटाको शेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे । ६३ कम्पनीको शेयरमूल्य घट्यो भने ६ कम्पनीको शेयरमूल्य स्थिर रह्यो। 

दोल्ती पावर, एनआइसी एसिया लघुवित्त, रुरु जलविद्युत, माथिल्लो हेवाखोला  हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट लगायत कम्पनीको शेयरमूल्य बढेको छ। 

सर्वाधिक कारोबार हुने शेयर गोर्खाज फाइनान्सको रह्यो। उक्त फाइनान्सको १० करोड २१ लाख रुपैयाको शेयर किनबेच भएको छ। यस्तै सर्वोत्तम सिमेन्टको ७ करोड ८८ लाख, पिपुल्स पावर ७ करोड १९ लाख, रुरु जलविद्युत ६ करोड ८८ लाख, पोखरा फाइनान्सको ६ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भएको छ।    

शेयरमूल्य घटेका कम्पनीमा पिपुल्स पावर, खानीखोला हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, गोर्खाज फाइनान्सलगायत छन्।
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  १७:००
Weather Update