महामारी
थप १०८ जनामा कोरोना संक्रमण
सक्रिय सङ्क्रमितको संख्या ३८६ पुग्यो 
काठमाडौं— पछिल्लो २४ घण्टामा थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७७८ जनाको पीसीआर परीक्षण गर्दा ५५ जना र १ हजार ६७२ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जना गरी १०८ जनामा कोरोना संक्रमण देखिएको हो ।
सक्रिय सङ्क्रमितको संख्या ३८६ जना पुगेको मन्त्रालयले जनाएको छ ।
६६ जना डिस्चार्ज हुँदा संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा ७ र भेन्टिलेटरमा ३ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८० १६:१९