![स्वास्थ्य मन्त्रालयले गर्यो कर्मचारीहरुको सरुवा, को कहाँ ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/Health Minitry1685873089.png)
काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय मातहतका कर्मचारीहरुको सरुवा गरेको छ।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको निर्णय अनुसार दशौँ र एघारौँ तहका कर्मचारीहरुको सरुवा तथा जिम्मेवारी तोकिएको हो।
जसअनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका एघारौँ तहका डा. जैनेन्द्रकुमार चौधरीलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल सरुवा गरिएको छ।
त्यस्तै भेरी अस्पताल, नेपालगञ्जमा दरबन्दी रही लुम्बिनी प्रदेश अन्तर्गत कामकाजमा रहेका एघारौँ तहका डा. सुरेश थापालाई नारायणी अस्पताल पर्सामा सरुवा गरिएको छ।
त्यसैगरी नारायणी अस्पताल पर्सामा कार्यरत एघारौँ तहका डा. सुरेश थापालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, लुम्बिनी प्रदेश वा अन्तर्गत कामकाजमा खटाइएको छ।
मन्त्रालयका अनुसार हाल चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत १०औँ तहका डा. प्रमोदकुमार यादवलाई चि.बि.रा. प्र राष्ट्रिय ट्रमा सेन्टर आर्थिक तथा प्रशासनिक अधिकारसहित निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेन्टको रुपमा कामकाजका लागि खटाइएको हो।