News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलामा ? 

काठमाडौं—नेपाली बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। 

बिहीबारको तुलनामा तोलामा ७ सयले वृद्धि भइ सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो। बिहीबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३८ हजार ६ सय रहेको थियो। 

Prabhu Bank

आज प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार ३ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएंको छ। यो हालसम्मकै उच्च हो। यसअघि बुधबार प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार २ सय कायम भइ बनाएको नयाँ रेकर्ड तोड्दै सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको हो। 

त्यस्तै आज प्रतितोला तेजाबी सुनको मूल्य १ लाख ३८ हजार ६ सय ५० रहेको छ। यता चाँदीको मूल्य भने १ हजार ७ सय २० रहेको छ। बिहीबार चाँदीको मूल्य १ हजार ७ सय २५ रहेको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:२६
Weather Update