News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
मंगलबार नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो? 

काठमाडौं— बुधबार सुनको मूल्यमा स्थिरता छाएको छ। 

मंगलबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ३९ हजार २ सय कायम भइ कारोबार भएको थियो, जुन हालसम्मकै उच्च हो।

Prabhu Bank

तर आज मूल्य स्थिर भइ सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य पनि १ लाख ३८ हजार ५ सय ५० कायम भएको छ। 

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले गिरावट आएको छ। मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ७ सय ५० रहेकोमा आज मूल्य गिरावट भइ १ हजार ७ सय १५ कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ११:२४
Weather Update