News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
रमेश खरेलको टिप्पणी: गृहमन्त्री लामिछानेले सत्ताबाट बाहिर बसेर छानविनलाई सघाऊन्

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व नेता रमेश खरेलले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै खरेलले लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास भएको बताएका हुन् । 

Prabhu Bank

उनले भनेका छन्, 'गृहमन्त्री रवि लामिछानेले सहकारीबाट रकम लिएको प्रहरी अनुसन्धानबाट पुष्टि हुँदाहुँदै उनलाई प्रतिवादी नबनाइनु कानुनी राज्यको उपहास हो। सरकारले संवैधानिक छानविन समिति बनाई भुइँमान्छे लाई न्याय दिओस् र त्यतिन्जेल लामिछानेले पनि सत्ता बाहिर रहेर छानविनलाई निष्पक्ष रूपमा कार्य गर्न देउन्।'

सम्बन्धित समाचार: 

रवि लामिछानेको प्रश्न: जीबी राईका सारा बदमासीको ठेक्का मैले लिनुपर्ने हो?

सहकारी प्रकरणः अनुसन्धानमा रवि लामिछानेले २ करोड ऋण लिएको देखियो, अभियोग लागेन

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:१६
Weather Update