News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
‘चोकोफन जोय’ बजारमा, विदेशी चकलेटको निर्भरतालाई तोडे सुजल फुड्सको अपेक्षा

काठमाडौं— सुजल फुड्सले ‘चोकोफन जोय’ बजारमा ल्याएको छ। ‘चोकोफन जोय’ नेपालकै पहिलो स्क्वायर मोल्डेड उत्पादन रहेको कम्पनीको दाबी छ। ‘चोकोफन जोय’ पर्याप्त मात्रामा न्यूनतम मूल्यमा उपभोक्तामाझ प्रस्तुत गरिएको पनि कम्पनीले जनाएको छ।

यसले विदेशी चकलेटको निर्भरतालाई तोडेर नेपालमै अन्तर्राष्ट्रियस्तरको सजिलो, सस्तो र उच्च कोटीको ‘चोकोफन जोय’ चकलेटको मज्जा लिन सकिने कम्पनीको दाबी छ। वर्गाकार आकारमा कोकोआको अनुपम स्वाद र मिठासले भरिपूर्ण ‘चोकोफन जोय’ स्वादिष्ट रहेको र यो मुखमा राख्नासाथ पग्लिन्छ र आनन्द प्रदान गर्छ। 

Prabhu Bank

गुलाबी र बैजनी रङमा प्याकेजिङ गरिएको ‘चोकोफन जोय’को डिजाइन आकर्षक र प्रिमियम छ भने सुन्दर चम्किलो सुनौलो जोयको फन्टले ‘चोकोफन जोय’को प्याकेजिङलाई बढी उत्कृष्ट र आकर्षक देखाएको छ। प्याकको बाहिरी भागमा चकलेटको डिजाइन पनि आकर्षक ढङ्गमा देखाइएको छ। 

‘चोकोफन जोय’ जार र बक्स दुवैमा उपलब्ध छ। दुवैमा उत्पादनका विशेषताहरू स्पष्ट रूपमा देखाइएको छ। जारभित्रको उत्पादन पनि सजिलै देख्न सकिन्छ। ‘चोकोफन जोय’ ७० पिसको जार र ४५ पिसको बक्समा बजारमा उपलब्ध छ जुन आकर्षक र यसले उत्पादनलाई सुन्दर र प्रिमियम बनाएको छ। यसको कार्टुन बक्स पनि चम्किलो बैजनी रङ्गमा उपलब्ध छ। ‘चोकोफन जोय’मात्र १० रुपैयाँको अधिकतम खुद्रा मूल्यमा ८ ग्रामको माउथ फुल साइजमा बजारमा उपलब्ध छ।

‘चोकोफन जोय’को उत्पादन संसारकै अत्याधुनिक चकलेट उत्पादन प्रविधिको प्रयोग गरी अटोमेटिक मसिनबाट अति स्वस्थकर वातावरणमा गरिने कम्पनीले बताएको छ। कम्पनीका अनुसार अन्तर्राष्ट्रिय गुणस्तरको उत्कृष्ट चकलेट तथा अन्य कच्चापदार्थ प्रयोग गरिएको ‘चोकोफन जोय’को गुणस्तर तथा स्वादमा एकरूपता हुन्छ।

सुजलले विगत ५० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको वेफर, बबलगम, ललिपप, टफी, क्यान्डी आदि उत्पादन र बिक्री वितरण गर्दै आएको छ। कम्पनीको लोकप्रिय ब्यान्डहरूमा चोकोफन, क्रेभ, रसिलो, फ्रशो, क्याण्डीम्यान र फ्रेसडेन्ट आदि पर्छन् जसले लाखौं उपभोक्ताको वर्षौँदेखि मन जित्न सफल रहेको छ। 

त्यसैगरी ‘चोकोफन जोय’को अनुपम स्वाद र मिठासले उपभोक्ताहरूको मन जित्न सफल रही बालबालिका तथा युवाहरूको जीवनको अभिन्न अंग भै धेरै रमाइलो र खुसी प्रदान गर्ने कम्पनीले विश्वास व्यक्त गरेको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १३:१३
Weather Update