News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
सुनको मूल्यमा रेकर्ड ब्रेक, तोलामा कति पुग्यो ? 

काठमाडौं— मंगलबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।

सोमबारको तुलनामा आज प्रतितोला सुनको मूल्य १ हजार ७ सयले वृद्धि भएको हो। आज प्रतितोला सुन १ लाख ३९ हजार २  सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो हालसम्मकै उच्च मूल्य हो। त्यसो त आइतबार प्रतितोला सुनको मूल्य १ लाख ३९ हजार रहेको थियो, भने सोमबार १ लाख ३७ हजार ५ सय रहेको थियो। 

Prabhu Bank

आज प्रतितोला तेजावी सुनको मूल्य १ लाख ३८ हजार ५ सय ५० रहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले वृद्धि भएको छ। सोमबार प्रतितोला चाँदीको मूल्य १ हजार ७ सय १५ रहेकोमा आज मूल्य वृद्धि भइ १ हजार ७ सय ५० कायम भइ कारोबार भइरहेको छ।
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:५७
Weather Update