News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो 

काठमाडौं— नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओरालो लागेको शेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ।

 

Prabhu Bank

बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ बिन्दुमा रह्यो। 

कारोबार रकम पनि घटेर २ अर्ब ७९ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ। आइतबार २.३५ अंकले घट्दै बजार २०२३.३५ बिन्दुमा रहँदा कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँ थियो।
 
आज १३ उपसमूहमा सबै घट्दा परिसूचकसँगै कारोबार रकम घटेको हो। फाइनान्स, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटनसँगै अन्य उपसमूह सर्वाधिक घटेका छन्।
 
कारोबारमा आएका कम्पनीमध्ये १८४ को शेयरमूल्य घटेको छ भने ५२ वटाको बढेको छ । ८ कम्पनीको शेयरमूल्य स्थिर रह्यो।
 
घटेको बजारमा पनि माछापुच्छ्रे डिबेन्चर २०८७, मेन्छियम हाइड्रोपावर, मध्य सोलु हाइड्रोपावरको शेयर मूल्य बढेको छ।
  
सर्वाधिक शेयर किनबेच ग्यादी ग्रुप अफ पावरको भएको छ। उक्त कम्पनीको शेयर १७ करोड ७३ लाख रुपैयाँको किनबेच भएको हो। यस्तै सीवाइसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, सानीमा माई हाइड्रोपावरको ६ करोड ९१ लाखको शेयर किनबेच भएको छ।  

घटेका शेयरमा गुराँस लघुवित्त र दोल्ती पावरको नकारात्मक सर्किट नै लागेको छ। खानीखोला हाइड्रोपावर, निफ्रा ऋणपत्र २०८५/८६, माण्डू हाइड्रोपावर लगायतका कम्पनीको पनि शेयर मूल्य घटेको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:५४
Weather Update