News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
शेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित 

काठमाडौं— शेयर बजार मापक परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ बिन्दुमा रह्यो । कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको हो। 

१३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको हो । फाइनान्स, जलविद्युत, लघुवित्त र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक निर्जीवन बीमा उपसमूह १.०३ प्रतिशतले घटेको छ।

Prabhu Bank

कारोबार भएका कम्पनीमध्ये १२७ को शेयरमूल्य बढेको छ भने १०८ वटाको मूल्य घटेको छ । १० कम्पनीको शेयर मूल्य स्थिर रह्यो। घटेको बजारमा पनि सृजनशील लघुवित्तको शेयरमूल्य बढेर सर्किट लागेको छ। त्यस्तै एनआइसी एसिया लघुवित्त, दोल्ती पावर र राप्ती हाइड्रो बढ्नेको सूचीमा छन्। 

सर्वाधिक शेयर किनबेच सानीमा माई हाइड्रोपावरको भएको छ। सानिमाको शेयर २१ करोड ४७ लाख रुपैयाँको किनबेच भएको छ। यस्तै पोखरा फाइनान्सको ११ करोड ७ लाख, ग्यादी ग्रुप अफ पावरको १० करोड ३८ लाख र सूर्यज्योति लाइफ इन्स्योरेन्सको शेयर ८ करोड ९२ लाख रुपैयाँको किनबेच भएको छ। 

घटेका शेयरमा गुराँस लघुवित्तको नकारात्मक सर्किट नै लागेको छ। हिमालयन ८०–२०, तेह्रथुम पावर, तारागाउँ सिजेन्सी, ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को शेयरमूल्य घटेको छ।  

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:५१
Weather Update