News Griha :: न्यूजगृह
सुदूरपश्चिममा रेशम रञ्जिताको प्रतिष्ठाको लडाइ: मुख्यमन्त्रीमा रञ्जिता पक्षका कैलाशको पनि दाबी पेश 

काठमाडौं— सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मुख्यमन्त्री दाबी पेश गरेका छन्। 


केहीबेरअघि कांग्रेससहितको समर्थनमा लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका थिए। उनलाई काउन्टर दिँदै नाउपाकै कैलाशले पनि दाबी पेश गरेका हुन्।

नागरिक उन्मुक्ति पार्टीको आन्तरिक किचलो बढिरहेका बेला दुर्ई समूहका दुई व्यक्तिले छुट्टाछुट्टै दाबी पेश गरेका हुन्। 


मुख्यमन्त्रीमा दाबी पेश गरेका लक्ष्मणकिशोर नाउपाका संस्थापक रेशम चौधरी निकट हुन्। भने कैलाश नाउपाकी अध्यक्ष रञ्जिता चौधरी निकट हुन्। 

केन्द्रीय सत्ता समीकरण फेरिएपछि कांग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार ढलेसँगै नयाँ सरकार बनाउने कसरत सुरु भएको थियो। सुदूरपश्चिममा सरकार गठनका लागि निर्णायक मानिएको शक्ति नाउपामा केन्द्र सरकारलाई समर्थन दिने वा नदिने भन्ने विषयमा विवाद चुलिएको थियो। रञ्जिताले सरकारलाई समर्थन गरेर अघि बढ्ने निर्णय गरेपछि पार्टीभित्र थप किचलो बढिरहेको छ। 


यता सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले आजम्मका लागि समयसीमा दिएका थिए, सोही अनुसार छुट्टाछु्ट्टै दाबी पेश भएको हो। 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १६:०५
Weather Update