News Griha :: न्यूजगृह
सुदूरपश्चिमको मुख्यमन्त्रीमा नाउपा रेशम पक्षका चौधरीको दाबी पेश 

काठमाडौं— सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले दाबी पेश गरेका छन्। 

नेपाली कांग्रेस, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदसहितको समर्थनमा चौधरीले दाबी पेश गरेका हुन्। 

केहीबेरअघि प्रदेश प्रमुखलाई भेटेर दाबी पेश गरेका हुन्। चौधरी नाउपा संस्थापक रेशमलाल चौधरी पक्षका नेता हुन्।  

केन्द्रमा आएको सत्ता समीकरण फेरबदलपछि सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकार ढलेको थियो। 

सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिँयाले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न आह्वान गरेका थिए। प्रदेश प्रमुखको आह्वान अनुसार आइतबार (आज) अन्तिम दिन नयाँ समीकरण बनाइ मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्। 

नागरिक उन्मुक्ति पार्टीभित्र पछिल्ला दिनहरुमा किचलो बढिरहेको छ। अध्यक्ष रञ्जिता श्रेष्ठ र संस्थापक रेशम चौधरीबीचको आन्तरिक किचलोका कारण पार्टीभित्र तिक्तताको स्थिति सिर्जना भएको छ। मुख्यमन्त्री बन्न लागेका लक्ष्मण किशोर रेशम समूहका हुन् । भने रञ्जिताले पनि कैलाश चौधरीलाई अघि सारेकी थिइन्।   

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा बहुमतका लागि २७ मत आवश्यक पर्दछ।  

sudurpaschim-pradesh-1713089051.jpg
 

 


 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:४९
Weather Update