
काठमाडौं— प्रतिनिधि सभा बैठकमा तीन सांसद लामो समयसम्म अनुपस्थित भएको पाइएको छ।
आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले लामो समय नियमित रुपमा संसद बैठकमा अनुपस्थित रहने सांसदहरुको नामावली सार्वजनिक गरेका हुन्।
जसमध्ये सबैभन्दा बढी सांसद मनोरम शेरचन बिदामा रहेको पाइएको छ । उनी निरन्तर १३ वटा बैठकमा अनुपस्थित रहेकी हुन् । उनले आफ्नो थेरापी चलिरहेका कारण बैठकमा अनुपस्थित हुने कारण खुलाएकी छिन्।
लामो समय संसद बैठकमा अनुपस्थित हुनेमा सांसद वसन्तकुमार नेम्वाङ पनि रहेका छन् । उनी नियमित १२ बैठकमा अनुपस्थित रहेका छन् । उनले ब्रेन स्ट्रोक भइ बिरामी भएको संसद सचिवालयलाई जानकारी गराएका छन् ।
त्यस्तै सांसद सोनु मुर्मु पनि लामो समय बिदामा बसेकी छिन् । सभामुख घिमिरेले गराएको जानकारी अनुसार उनी आफ्नो श्रीमान र आमा बिरामी भएको कारण संसदमा अनुपस्थित भएकी हुन् । उनी २०७९ फागुन १४ गतेदेखि गत चैत ७ गतेसम्म अनुपस्थित रहेकी थिइन् ।
आजबाट राति १२ बजेबाट संघीय संसदको चालू अधिवेशन अन्त्य हुने भएको छ। ३० गते बसेको मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेका हुन्।
यो पनि पढ्नुहोस